काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय तोकेको हो। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरूलाई असार १३ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा बोलाइएको छ। पूर्वाञ्चल, मध्यपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालय […]