म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ । बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८ बजेको समयमा गुडिरहेको गाडी भिरबाट खसेको पहिरोले पुरिएका चालकको सुरक्षाकर्मीहरूको टोलीले उद्धार गरेर बेनी अस्पतालमा पठाएको हो । घटनास्थलमा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकाले गाडीको नम्बर पहिचान भएको छैन […]