सामसुङले विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो ट्याब्लेटमा स्मार्ट एआई क्षमता, प्रिमियम मेटल डिजाइन र शक्तिशाली प्रदर्शनको आकर्षक संयोजन रहेको कम्पनीले जनाएको छ। सिल्भर र ग्रे कलरमा उपलब्ध ट्याब ए११ प्लसमा ११-इन्चको इमर्सिभ डिस्प्ले र डोल्बी एट्मससहितको क्वाड स्पिकर जडान गरिएको छ। […]