अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा नेतृत्वप्रति गम्भीर प्रश्नसहित आलोचना गरेका छन्। उनले पार्टीको हालको राजनीतिक विश्लेषणदेखि भ्रस्टाचार, संगठन सञ्चालन र नेतृत्व शैलीसम्मका विषयमा स्पष्ट रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। सिंहले भदौ २२ गते प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन २४ घण्टा नपुग्दै फेल भएको दाबी गर्दै भने, ‘फेल भएको […]