जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध परेको रिटको पेसी आजका लागि तोकिएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको दाबी […]