काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मरहित राजनीति गर्नेहरूका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन्। कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका छन्। उनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरे। अब पूजापाठ […]