बन्चरेडाँडामा फोहोर फाल्न गरिएको अवरोध कायमै, पक्राउ परेकाको रिहाइ माग

काठमाडौं । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएको गाडीहरुलाई स्थानीयले आज बिहानैदेखि अवरोध गरेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई अवरोध गरेका हुन् । हिजो पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालप्रेसलाई बताए । उनले […]

सम्बन्धित सामग्री

सहमति पालना भएन, फोहोर विसर्जनमा अवरोध कायमै

काठमाडौं । धादिङको बन्चरेडाँडामा फोहोर विसर्जन गर्न दिने चारबुँदे सहमतिपछि पनि अवरोध गरिएको छ । आज पनि स्थानीयले अवरोध जारी राखेको बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीचको छलफलपछि...

बञ्चरेडाँडामा अवरोध कायमै, आज पनि प्रहरी लगाएरै फोहोर फाल्ने तयारी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ । हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए  । बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्‍याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । तर स्थानीयबासिन्दाको ...

फोहोरका गाडी आलेटार र सिसडोलमै राेकिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोल मै अड्किएका छन् । बञ्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको बताइएको छ । स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् । केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

आलेटारमै रोकिए फोहोरका गाडी

३१ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए । ‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् । तर स्थानीयको अवरोधका कारण गाडी […]

फोहोर व्यवस्थापनमा अवरोध कायमै

फोहोर व्यवस्थापनमा अवरोध सिर्जना हुँदा उपत्यकाका फोहोर फाल्न समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा लैजाने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको हो ।स्थानीयको अवरोधका बीच मंगलबार फोहोर व्यवस्थापन गरिएको थियो । बुधबार पनि स्थानीयको अवरोधका कारण तनावको स्थिति सिर्जना भएको छ । फोहोर व्यवस्थापनका लागि एक सयको हाहाहारीमा […]

बन्चरेडाँडामा अवरोध : बाटोमा फालिएको फोहोर सफा गर्न टोली जाँदै

काठमाडौं । धादिङको बन्चरेडाँडास्थित फोहोर विसर्जनस्थलमा स्थानीयको अवरोध कायमै छ । स्थानीयको विरोधबीच बाटोमा फालिएको फोहोर सफा गर्न टोली त्यसतर्फ जाने भएको छ । बुधबार स्थानीयले फोहोर बोकेका केही ट्रकमा तोडफोड गरेका थिए । सो क्रममा खसेको फोहोर सफा गर्न बिहीबार टोली जाने तयारी गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका सहायक इन्जिनियर...

यसरी फालिँदै छ बन्चरेडाँडामा फोहोर

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–१, बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सम्झौतापछि पनि अवरोध कायमै छ । गएको सोमबार काठमाडौंमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनीता डंगोललगायत जनप्रतिनिधिको रोहबरमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापछि मंगलबार बिहान काठमाडौंबाट फोहोर बोकेका ट्रकहरू बन्चरेडाँडातर्फ लम्किए । नुवाकोटको सिसडोल नजिकिएसँगै...

सिसडोलमा फोहोर बिसर्जनमा आज पनि अवरोध

काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर  व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेपनि आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहोर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौँब