केही महत्त्वपूर्ण सन्दर्भमा सरकार असफल देखियो : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार केही महत्त्वपूर्ण सन्दर्भमा असफल देखिएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले केपी ओलीले जस्तै वर्तमान सरकारले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरेको आरोप लगाएका हुन् । त्यस्तै सुशासनको कतिपय प्रश्नमा खरो उत्रन नसकेको तथा संघ र प्रदेश सरकारका बीच पर्याप्त समन्वय हुन सकेको उनले बताए ।उनले अर्थतन्त्रबारे सरकारले श्वेत पत्र जारी गर्न सुझाव दिए । उनले भने, 'एकातर्फ हामीले घरेलु जीवनलाई