सुर्खेत । कर्णालीमा एकैदिन ३ सयभन्दा धेरै जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना देखिएको हो । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै २ सय १५ जना सुर्खेतका मात्र रहेका छन् । यस्तै दैलेखमा ३२ जना, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका