करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो ।विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए । चित्रबहादुर आफ