काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ३५ उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाही अघि बढ्ने पक्का भएको आयोगले जनाएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परे पनि ३५ जना उम्मेदवारले आचारसंहिता अधिक उल्लंघन गरेको पाइएकाले कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको कसुर प्रवृत्तिको गहन म