साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग २–० गोल ले पछाडि परेको …