काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै […]