सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु, सरकार असफल भएको सांसदहरुको आरोप

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन धनगढीमा सुरु भएको छ। ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो। अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेश सभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो। अधिवेशनको…