प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै फोनपे र प्रभु पेबीच सहकार्य भएको हो । योसँगै अब प्रभु पेबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ । सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र प्रभु पेका सीईओ बिक्की शाही हस्ताक्षर गरेका हुन् । अब प्रभु पेका ७ लाख प्रयाेगकर्ताले...