कोरोनाको सबैभन्दा बढी संक्रमणदर गण्डकी प्रदेशमा, त्यसपछि कर्णाली र प्रदेश १ मा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा नेपालका सात प्रदेशमध्ये कोरोना संक्रमणको सबैभन्दा बढी दर गण्डकी प्रदेशमा पाइएको जनाएको छ। सो अवधिमा गण्डकी प्रदेशमा कूल ७३७ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३३१ जनामा कोरोना पुष्टि भएको थियो। अर्थात् ४४.९१ प्रतिशतमा कोरोना देखिएको थियो। गण्डकीपछि कर्णाली प्रदेशमा ३७ प्रतिशत र प्रदेश नं.१मा २३.७ प्रतिशतमा कोरोना पुिष्ट भएको थियो।

सम्बन्धित सामग्री

बजेट खर्चमा प्रदेश १ पहिलो, कर्णाली पुछारमा

६ साउन, पोखरा । बजेट खर्चमा सात प्रदेश सरकारमध्ये प्रदेश १ अगाडि देखिएको छ । आर्थिक वर्ष २०७८/८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडि र कर्णाली अन्तिममा छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८/०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको […]

कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ ।कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत

पीएम कप: कर्णाली प्रदेशको पहिलो जित, प्रदेश १ पराजित

प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।      मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १७ ओभर ५ बलमा ८९ रनमा अल आउट भएपछि कर्णालीले दोस्रो खेलमा पहिलो जित पाएको हो । यसअघि पहिलो दिन कर्णाली आर्मीसँग पराजित भएको थियो । कर्णालीविरुद्ध प्रदेश एकका फिरदोस अन्सारीले सर्वाधिक २३ रन बनाए । यस्तै दिपेश कँडेल र श्रवण यादवले समान १४ रन बनाउँदा कप्तान

कर्णाली प्रदेशसँग प्रदेश १ पराजित

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी…

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

काठमाण्डाै – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।  आज बिहीवार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६७ बमाेजिम प्रदेश प्रमुखहरूलाई पद तथा गाेपनीयताकाे शपग गराउनुभएकाे राष्ट्रपति कार्यालकाे विज्ञप्तिमा उल्लेख छ ।  मन्त्रिपरिषद् बैठकको सिफारिसमा गएकाे...

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ– प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ्ग, कर्णालीको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति […]

फेरिए  प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख

सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ। प्रदेश...

प्रदेश–१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदली रही प्रदेश–१ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थामा हल्का वर्षा भइरहेको जनाएको छ। आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

सबैभन्दा बढी कोरोना संक्रमणदर कर्णाली, गण्डकी र प्रदेश १ मा

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर गरिएको कोरोना परीक्षणमा सबैभन्दा बढी संक्रमणदर कर्णाली, गण्डकी र प्रदेश १ मा पाइएको छ। सो अवधिमा देशभर संक्रमणदर १९.७१ प्रतिशत रहेको छ। तर कर्णाली प्रदेशमा मात्र संक्रमणदर ४०.७ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ३८ प्रतिशत र प्रदेश १ मा ३६.९ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो।