राप्रपालाई सरकारमा कति मन्त्रालय?

काठमाडाैँ – सत्तारुढ गठबन्धकाे एक प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारमा उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जानका लागि तयारी थालेकाे राप्रपाले सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा यस्ताे दाबी गरेकाे हाे। स्राेतका अनुसार सरकारमा सहभागी हुनकाे लागि राप्रपाले अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ। […]

सम्बन्धित सामग्री

सरकारमा जाने प्रतीक्षामा लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा जाने निर्णय गरिसकेको छ । सत्ता साझेदार दलले पनि लोसपालाई सरकारमा लिने भनेको छ । तर आज एक बजे हुने शपथग्रहणमा लोसपालाई सहभागी गराउने कि नगराउने अझै

जसपा सांसद भन्छन्- यो वा त्यो मन्त्रालय नभनी सरकारमा जानुपर्छ

काठमाडौं, ३० पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले सरकारलाई समर्थन गरेको, विश्वासको मत दिएको स्थितिमा मन्त्रिपरिषद्मा सामेल हुनु स्वाभाविक भएको बताएका छन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग अध्यक्षज्यू (उपेन्द्र यादव) संवादमा हुनुहुन्छ । सत्ता साझेदार दलहरुबीच सहमति गरेर सरकारमा जाने कुरा छ । तर कुन मन्त्रालय वा कति […]

सरकारमा जान प्रभु साह समूह संवादमा

नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र  कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका हुन । ‘प्रभु जीहरुलाई माओवादी सहित सत्ता गठबन्धन सघाएर निर्वाचित हुनुभयो । उहाँहरु सरकारमा जान नेताहरुसंगको भेटघाटमा हुनुहुन्छ’ एक माओवादी पदाधिकारीले भने,‘कुन मन्त्रालय कति जना जाने भ

सरकारमा जसपाको पाँच महिना : मधेसका मुद्दामा प्रगति शून्य !

जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी भएको ५ महिना अर्थात् आज १५२ दिन पुगेको छ । जसपाबाट सरकारमा सहभागी भएका चारजना मन्त्रीले आआफ्नो मन्त्रालयको सय दिने प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । सरकारमा सहभागी भएपछि मन्त्रालय स्तरमा उनीहरुले के कति काम गरे भन्ने मूल्याङ्कन हुँदै गर्ला तर मधेसको माग मुद्दाको बारेमा भने एक पाइला पनि अघि नसरेको गुनासो बढ्दै गइरहेको छ । मधेसको माग पूरा गराउने उद्देश्यले सरकारमा जसपा नेपाल सहभागी भएको थियो । यद्यपि सरकारमा सहभागी हुँदा उसले काँग्रेससँग कुनै लिख

पम्फा भुसालको नेतृत्वमा माओवादी देउवा सरकारमा, कसको वरियता कति ?

नेकपा माओवादी केन्द्रबाट पम्फा भुसालले देउवा सरकारमा नेतृत्व गरेकी छिन् ।  उनलाई देउवा सरकारमा चौथो वरियता दिइएको छ । यस्तै उनको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिञ्चाई रहेको छ । माओवादीको तर्फबाटै जनार्दन शर्मा अर्थ मन्त्री रहेका छन् । उनको वरियता सातौँ रहेको छ भने शिक्षा मन्त्री रहेका देवेन्द्र पौडेलको वरियता १४ औं नम्बरमा रहेको छ ।यसैगरी भूमि सुधारमन्त्री रहेकी शशी श्रेष्ठको वरियता १७ औं रहेको छ भने खेलकुद मन्त्री महेश्वरजंग गहतराजको वरियता २२ नम्बरमा रहेको छ । यस्तै अन्तिम व

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ : देवेन्द्र पौडेल

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् । माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी […]

पार्टीले आधिकारिता प्राप्त गरेपछि सरकारमा सहभागी हुन्छौं– महेन्द्र राय यादव

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिट्टै सहभागी हुने बताएका छन्। निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीले आधाकारिता प्राप्त गरेपछि सरकारमा सहभागी हुने बताएका हुन्। सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने भन्दै यादवले कति जना र को–को सहभागी हुने भन्ने यकिन नभएको बताए। आफूहरुले दलको आधिकारिता पाउने सुनिश्चित रहेको पनि उनले बताए।

देउवा सरकारमा कस्ले कति मन्त्रालय पाउला

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य सुरु गरेका छन् । उनले गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे छलफल बढाएका हुन् । प्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा ५ जना रहेका छन् । अब गठबन्धनका कुन दलले कति मन्त्रालय पाउने हो छिनोफानो हुन बाँकी छ । नेपाली काँग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर […]

मोदी सरकारमा ३ किसिमका मन्त्री, कति खान्छन् तलबभत्ता ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  भारत सरकारमा ३ किसिमका मन्त्री हुने गरेका छन्, जसमा क्याबिनेट मन्त्री, राज्यमन्त्री स्वतन्त्र प्रभार र राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो नम्बरको क्याबिनेट मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सरकारका सबै निर्णयमा भाग लिन पाउँछन् । सँगसँगै कुनै १ वा सोभन्दा बढी मन्त्रालयको नेतृत्व लिएर काम गर्छन् । दोस्रो नम्बरमा पर्ने राज्यमन्त्री स्वतन्त्र प्रभारले मन्त्रालयको काम त गर्छन् तर सधैं मन्त्रिपरिषद्मा सहभागी हुँदैनन् । मन्त्रालयसँग सम्बन्धि...