श्रीलङ्काली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरूको समूह नियुक्त

कोलम्बो । श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलङ्कामा आर्थिक सङ्कट परेको छ । सो सङ्कटको समाधानका लागि उहाँले यो समूह नियुक्त गरेका […]

सम्बन्धित सामग्री

एफडीआई आकर्षित गर्न उदारीकरण आवश्यक : श्रीलङ्काली राष्ट्रपति

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएको  राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले आइतबार  उल्लेख गरेको छ । राष्ट्रपतिले हालसम्मको विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता क्षेत्रीय बृहत् आर्थिक साझेदारीमा सदस्यता लिनका लागि कदम चाल्नुपर्ने बताए । राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीहरूसँगको भेटमा विक्रमासिङ्घेले सो कुरा बताएका हुन

श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ । सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै …

श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन

श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन्।...

श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षे राजीनामा दिंदै

श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिनुहुने भएको छ । उहाँले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराउनुभएको हो । राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । श्रीलङ्काका विभिन्न राजनीतिक दलहरुले …

आक्रोशित प्रदर्शनकारीबाट बच्न श्रीलङ्काली राष्ट्रपति निवासबाट बाहिरिए

हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिनु भएको छ । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थान तर्फ प्रस्थान गर्नु भएको डेलि मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ। यसअघि आन्दोलनकारीहरुले […]

आर्थिक सङ्कट पार लगाउने उपाय खोज्न श्रीलङ्काका राष्ट्रपतिद्वारा विज्ञ समूह गठन

श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्षेले अर्थतन्त्र सुधारका लागि विज्ञ समूह नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ ।  विज्ञ समूहले गम्भीर आर्थिक सङ्कटमा परेको देशलाई कसरी पार लगाउने भनेर विभिन्न क्षेत्रको अध्ययन गर्नेछ । समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका पूर्व निर्देशक रहनुभएको छ । आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका २६ ज...

'बेपत्ता भएका २० हजारभन्दा बढी मानिस मरिसके' : श्रीलङ्काली राष्ट्रपति

काठमाण्डौ – श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपक्षेले पहिलाे पटक देशमा गृहयुद्धको क्रममा बेपत्ता भएका २० हजारभन्दा बढी मानिस मरिसकेको स्वीकार गरेका छन् ।  राष्ट्रिपति राजपक्षेले राजधानी कोलम्बोमा संयुकत राष्ट्र सङ्घका एक दूतसँगको भेटमा यस बारेमा टिप्पणी गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा भ...