भंसालीको ‘गंगुबाई काठियावाडी’ फिल्म हलमै रिलिज हुने

अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को धमाकेदार ट्रेलर रिलिज भएको छ । ट्रेलर आएपछि आलियाको अभिनयको समेत तारिफ हुन थालेको छ । अहिले कोरोनाको कारण फिल्म हल बन्द रहेको छ । त्यसैले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो । तर निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्न अस्वीकार गरेको बताइएको छ । फिल्म ठुलो पर्दाका लागि बनाएको भएकोले ठुलो पर्दामै रिलिज हुने र त्यसका लागि कुर्न निर्माण युनिट तयार रहेको समाचारले उल्लेख गरेको छ ।‘संजयलीला भंसाल