सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सहकारी महासंघको दबाब

राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सरकारसँग माग गरेको छ । मंगलबार अध्यक्ष मीनराज कँडेलको नेतृत्व गएको महासंघको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेटी यस्तो माग गरेका हुन् ।लिखित रुपमै सन्दर्भ ब्याजदर वृद्धि गर्न दबाब दिएका महासंघको प्रतिनिधि मण्डलले तीन दिनभित्र निर्णय लिन समेत अल्टिमेटम दिएका छन् ।हाल सहकारी क्षेत्रमा १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा रहेको छ । अहिले वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर अफर गरिसकेक