काठमाडौं : खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ।नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको घिमिरेले जनाए।पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरे।विश्व हिन्दू युवासङ्घले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा सार्व