केन्द्रीय समिति बैठकमा कोइरालाको असन्तुष्टि : देउवाले सरकार सञ्चालनमा ध्यान नदिएको आरोप

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा ध्यान नदिएको आरोप लगाएका छन् । देउवा निवास बुढानिलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले १०० प्रतिशत समय सरकार सञ्चालनमा दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टी काममा खर्च गरेर प्रभावकारी ढंगले सरकार सञ्चालन नगरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीजी ले १०० प्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हु

सम्बन्धित सामग्री

सत्ता गुमाएको कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेण्डा तय

संसदको सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् । कांग्रेसले माओवादीसँग सत्ता सहकार्यबारे सहमति नजुट्दा नाटकीय रुपमा सत्ता नै गुमाउने अवस्था आएको थियो । नेतृत्वको सुझबुझपूर्ण निर्णय हुन नसक्दा पार्टीले सत्ता गुमाएको भन्दै तीव्र असन्तुष्टि भइरहेको बेला बैठक बोलाइएको हो । बैठकमा यस विषयलाई जोडतोडका साथ उठाउन

कांग्रेस केन्द्रीय समिति बैठक: सभापति देउवामाथि खनिए पदाधिकारी

काठमाडौँ- नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले […]

कांग्रेस केन्द्रीय समिति बैठक: सभापति देउवामाथि खनिए पदाधिकारी

काठमाडौँ – नेपाली कांग्रेसका जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टी पदाधिकारीहरूले चर्को रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेस सरकारले डेलिभरी दिन नसकेको देखी पार्टी सञ्चालनमा शेखर कोइराला समूहलाई बाइपास गरेर एकलौटी गरेको लगायतको विषयलाई लिएर जारी बैठकमा पदाधिकारीहरूले सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गरेका हुन्। बैठकमा उपसभापति धनराज गुरुङले सभापतिले पार्टी […]

राष्ट्रिय सभागृहमा सुरु भयो माओवादी केन्द्रको बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो । फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादीमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ । बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् । गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजेपछि सुरु भएको हो । राष्ट्रिय सभा गृहमा सुरू भएको बैठक तीन दिनसम्म चल्नेछ । आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यक्रम छ । बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयन रहेको छ । बैठकमा एमसीसी सम्झौताबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । एमसीसी सम्झौतामा नेता श्रेष्ठ पक्षधरले असन्तुष्टि जनाएका छन् । एमसीसीका विषयमा श्रेष्ठ पक्षधरले छुट्टै छलफल पनि गरिसकेका छन्...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैः के के छन् एजेन्डा?

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्दैछ। बैठकको एजेन्डामा केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन रहेको पार्टीले जनाएको छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पास गरिएपछि सत्ता गठबन्धनको एक प्रमुख साझेदार दल माओवादी केन्द्रभित्र असन्तुष्टि बढेको छ। असन्तुष्ट नेताहरुले पार्टीको महाधिवेशन र केन्द्रीय समितिको निर्णयविपरीत गएर एमसीसी पारित गरेको आरोप […]

पार्टीमा असन्तुष्टि बढेपछि माओवादीले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको पक्षमा उभिएपछि पार्टीभित्र तीव्र विवादको समाधानका लागि माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको हो। यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक यही २० गते शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए। उनका अनुसार बैठक शुक्रबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्नेछ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको पक्षमा उभिने निर्णय गर्दैगर्दा  नेता नारायणकाजी

चुनावबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक भोलि

काठमाडौँ – चुनावबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार भर्चुअल माध्यमबाट बस्ने गरी बैठक आह्वान गरेका हुन्। स्थानीय तहको चुनाव वैशाखमै गर्ने किन गठबन्धनमा आएको प्रस्ताव अनुसार सार्ने भन्ने विषयमा कांंग्रेसभित्र दुई खाले मत छन्। सभापति देउवा स्थानीय तहको चुनाव सार्न राजी भएसँगै पार्टीभित्र असन्तुष्टि बढेको अवस्थाम […]

एमाले बैठक सकियो, १० बुँदेबारे स्थायी समितिले निर्णय गर्ने

नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो ।यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएक