दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास नरोके कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द नगरे कडा जवाफ दिने चेतावनी दिएको छ । आज मङ्गलवारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको पाँच दिने संयुक्त हवाई सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।  ‘यदि अमेरिकाले लगातार गम्भीर सैन्य उत्तेजना जारी राख्यो भने उत्तर कोरियाले थप शक्तिशाली आणविक परिक्षणहरू गर्नेछ’, उत्तर कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यासहरू बन्द नगरेमा सब...