रसुवा । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना सङ्क्रमण नियन्त्रणमा सबै क्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताए । पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्र