बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै

काठमाडौँ । नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बङ्गलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६ महिनाको म्याद थप गरेको थियो । सोही अवधिभित्र बङ्गलादेशसँग पिएसए गर्न जिएमआर अगाडि बढेको हो । बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७१७२ सेन्ट डलरमा पाँच […] The post बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं। भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को ११औं बैठकले उक्त विषयमा सम्झौताका लागि छलफल गरेको हो । भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न भारतको आयातनिर्यात निर्देशिकाबमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच चाँडै नै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षमा नेपाल र भारतका ऊर्जा सचिवहरूबीच छलफल भएको छ । उक्त छलफलमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । निर्देशक समितिको बैठकले १८ पुसमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेको सिफारिशमा छलफल गरेको थियो । बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको उनले बताए । अन्तरदेशीय प्रसारण लाइनका रूपमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता १ हजार मेगावाट बराबर पुर्‍याउने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ । त्यसका लागि ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ । अहिले उक्त प्रसारण लाइनबाट ८०० मेगावाट विद्युत् आयातनिर्यात हुँदै आएको छ । उक्त लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय लिनेछ ।  टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत् प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सम्भावित विकल्पबारे जेटीटीमार्फत अध्ययन गराउने सहमति भएको छ । साथै नेपाल र भारतबीच विद्युत् आयातनिर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्नेबारे पनि छलफल भएको छ ।

बङ्गलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै

काठमाडौँ । नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बङ्गलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ ।  गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६ महिनाको म्याद थप गरेको थियो । सोही अवधिभित्र बङ्गलादेशसँग पिएसए गर्न जिएमआर अगाडि बढेको हो ।  बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७१७२ सेन्ट डलरमा पाँच सय […]

बंगलादेशमा विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता हुँदै

नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरले ६ महिनाभित्र बंगलादेशसँग पावर सेल एग्रिमेन्ट (पिएसए) गर्ने भएको छ । गत ३१ असारको मन्त्रिपरिषद्को बैठकले जिएमआरलाई पिएसए गर्न ६...

बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडान गरिने

ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललिपुर महानगरपालिकाले कुल […]

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिदैं

असार २, काठमाडौं । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ ।  मंगलवार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा महर्जनले स्मार्ट सडकबत्ती जडान गर्न करीब रू. १७ करोड ३६ लाख लाग्ने अनुमान गरिएकोमा महानगरपालिकाले कुल लागतको ६० प्रतिशत रकम व्यहोर्ने बताए । उनले भने, ‘हामी ललितपुरलाई उज्यालोका साथै सुरक्षित शहर बनाउने अभियानअन्तर्गत यस काममा लागि परेका हौँ । चक्रपथ क्षेत्र हेर्दा आधुनिक अनि आकर्षक देखिए पनि असुरक्षित रहँदा रातमा हुने दुर्घटनामा परी धेरैको ज्यान गएको छ ।’ महानगरपालिकाले खर्च गर्ने भनिएको रकममध्ये रू. तीन करोड विभागले पनि खर्च गर्ने सहमति भएको महानगरपालिकाले जानकारी गराएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सडकबत्ती प्रभावकारी भएको जनाउँदै आफूहरुले बत्ती जडानमा लाग्ने बाँकी ४० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरेको बताए । विभागका महानिर्देशक थापाले स्मार्ट सडकबत्ती जडानले आपराधिक क्रियाकलाप न्यूनीकरणमा निकै मद्दत पुग्ने धारणा राखे । उनले भने, ‘चक्रपथ क्षेत्रलाई सुरक्षित बनाउन हामीले विभिन्न अन्य योजनामा पनि काम गरिरहेका छौँ ।’ महानगर उपप्रमुख गीता सत्यालले सो क्षेत्रमा स्मार्ट सडकबत्ती जडान भएसँगै सहरको सौन्दर्य बढ्ने अपेक्षा गरिन् । यसअघि महानगरपालिकाले शहरलाई सुन्दरका साथै भयमुक्त गराउन वाग्मती पुलदेखि जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वालखु हुँदै मंगलबजार लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ स्मार्ट सडकबत्ती जडान गरिसकेको जानकारी दिएको छ ।  महानगरपालिकाका वरिष्ठ इञ्जीनियर रुद्रप्रसाद गौतमले दोस्रो चरणअन्तर्गत चक्रपथबाहिरका बस्ती खोकना, बुङ्मती, हरिसिद्धि, सुनाकोठी, धापाखेलमा सडकबत्ती जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी गराए । रासस

बिजुली बेच्ने कि नबेच्ने ?

‘नेपालमा खपत हुन नसक्ने बिजुली निर्यात गर्नु भनेको आर्थिक दृष्टिकोणबाट ठूलो फाइदा हुनु त होइन तर हाम्रो उत्पादन र उपभोगबीचको खाडल बढ्नबाट रोक्नु र निजी विद्युत् उत्पादक र प्राधिकरणको नोक्सान रोक्न सहयोग पु¥याउनु हो ।’ इनर्जी काउन्सिलले काठमाडौँमा ‘नेपाल पावर समिट’ आयोजना ग¥यो । उक्त भेलामा नयाँ नयाँ प्रस्ताव र आकर्षक योजनाहरू प्रस्तुत गरियो । १० वर्षमै ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनादेखि बंगलादेशले २ हजार मेगावाट विद्युत् खरिद गरिदिने प्रस्ताव आयो । बंगलादेशले उक्त विद्युत् खरिद गरिदिने प्रस्ताव गरिरहँदा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता वा सहमति आवश्यक रहेको कुरा भन्न छुटाएन । बंगलादेश विद्युत् निर्यात गर्न भारतको भूमि प्रयोग गर्नुपर्ने हुन्छ । भारतलाई जलविद्युत् बेच्ने कुरा सोच्दा हालसालै र पोहोर साल भारतले नेपालमा उत्पादित अदुवा उत्पादकहरूलाई दिएको दुःख बिर्सन हुन्न । त्यसैले दीर्घकालीन रूपमा सबै पक्षलाई मान्य हुने गरी नेपाल, भारत र बंगलादेशबीच आवश्यक र भरपर्दो सम्झौता हुनु जरुरी छ।