पत्रकार भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित

काठमाण्डौ – कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ ।  सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकमा २०४८ सालको चुनावदेखि २०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ वटा सरकारको नालीबेली समावेश गरिएको छ ।   पुस्तकमा पत्रकार भण्डारीले २८ वटा सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न समयमा भएका घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेका प्राथमिक स्रोतलाई महत्व दिनु भएको छ । रोचक ...