दीपकराज गिरी र रविन्द्र सिंह बानियाँ चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा मनोनित

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । यसैगरी बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ । […]