बागमती प्रदेश : प्रदेशसभामा बजेटमाथि छलफल नै हुन सकेन

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल

सम्बन्धित सामग्री

विषयगत समितिहरूका बैठक नबस्दा दफावार छलफल गर्नुपर्ने विधेयकहरू समितिमा अलपत्र

बागमती प्रदेश सभाअन्तर्गतका दुईवटा विषयगत समितिहरूको बैठक शुक्रबार बस्ने भनिए पनि सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न सकेन । प्रदेश सभामा रहेका पाँचमध्ये दुईवटा समितिहरूको बैठक शुक्रबारका लागि बोलाइएको थियो ।  तर,...

अवरोधपछि प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेश सभाको बैठक नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरुको लगातारको अवरोधपछि पुनः स्थगित गरिएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल सुरु हुन सकेन ।