विश्वास मत लिने मुख्यमन्त्री राउतको तयारी, प्रतिपक्षी दलद्वारा अवरोधको चेतावनी

प्रदेश २ को प्रदेशसभामा मंगलबार अधिवेशन बैठक हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् ।यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् । तर प्रदेश २ का मुख्यमन्त्री राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।प्रदेशसभा २ मा जन