२४ जेठ, पोखरा । २०६२-६३ को जनआन्दोलनमा ज्यानकै बाजी लगाउने आन्दोलनकारीमध्ये एक थिए, कास्कीकोटका नेत्रपाणि सुवेदी । ‘बरु ज्यानै जाओस् तर राजा फाल्ने नै हो, गणतन्त्र ल्याउने नै हो भनेर लागेका थियौं । परिवर्तनको पक्षमा मान्छेहरु खाँदा खाँदैको गास छोडेर हिँडे, खेतबारी गोड्न छाडेर निस्केँ, मजदूरी गर्न छोडेर निस्के’ सुवेदीले १८ वर्षअघिका दिन सम्झिए । […]