सदनमा उपेन्द्र र महन्थको बराबर मत, दुई–दुईजना सांसद यताउता

काठमाडौँ वैशाख २७–आजको प्रतिनिधिसभाका विशेष अधिवेशनमा जनता समाजवादी पार्टी सांसदको मत विभाजन भएपनि दुवै पक्ष बराबर देखिएका छन् ।जनता समाजवादी पार्टीमा ३२ जना सांसद छन् त्यसमध्ये अध्यक्ष उपेन्द्र यादव नेतृत्व गरेका पूर्व समाजवादीका १६ र अध्यक्ष महन्थ ठाकुर नेतृत्व गरेका पूर्व राजपा नेपालका १६ रहेका छन् । तर सदनमा आज भएको मतदानको क्रममा महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र चन्द्रकान्त चौधरी उपेन्द्र यादवको पक्षमा गएका छन् भने उपेन्द्र यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तव महन्थ ठाक