नबिल स्मार्टपोस सञ्चालनका लागि नबिल बैंक, दराज र आइमार्कबीच सम्झौता

काठमाडौं । नबिल बैंक, दराज र आइमार्कबीच नबिल स्मार्टपोस सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसले जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने बैंकले जनाएको छ । नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]