कांग्रेस र माओवादी केन्द्र संसदीय दलकाे बैठक बस्दै

काठमाडाैं।सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने माओवादी केन्द्रको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।सर्वोच्च अदालतको फैसलाबाट दोस्रोपटक पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकअघि संसदीय दलको बैठक बस्न लागेको हो।कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने जनाइएको छ।

सम्बन्धित सामग्री

महाअभियोगको प्रस्तावमा छलफल गर्न एमाले संसदीय दलकाे बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्था’bout छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् […] The post महाअभियोगको प्रस्तावमा छलफल गर्न एमाले संसदीय दलकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्र संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो । माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा […]