'माओवादी पार्टी खराब नभए पनि त्यहाँभित्रका नेता खराब भए'

माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानकर्षण गराएका छन् । क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का खाएको भन्दै नेता तथा कार्यकर्ताले नयाँ विचारधारासहितको रुपान्तरित माओवादी चाहेको बताएका छन् । वर्तमान बदलिँदो परिस्थिति सुहाउँदो कार्यनीति र कार्यदिशाको अभावमा पार्टी बेलाबेलामा चुक्ने गरेको विगतको स्मरण गर्दै प्रतिनिधिले नयाँ विचारका साथ मुलुकको नेतृत्व गर्ने गरी माओवादी पार्टीको नवीकरण आवश्यक भएको औँल्याए ।मह