संसदीय समितिद्वारा द्रुतमार्गको अनुगमन, समयमै निर्माण सकिनेमा आशंका

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौंलाई तराई जोड्ने द्रुतमार्गको संयुक्त अनुगमन गरेको छ। नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग निर्माणमा ढिलाई भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन्।संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो। संसदीय अनुगमनमा पुगेका सांसदहरुले विकास निर्माणका ठूला आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्ने रोग द्रुत मार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरे