दसैँको मुखमा पनि रोजगारीका लागि भारत जानेको लर्को

 हिन्दुहरूको महान् चाड विजया दशमी नजिकिएको छ । रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ ।कैलालीको त्रिनगर नाकास्थित हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० गते मात्र २८५ जना नेपाली त्रिनगर भन्सार नाका हुँदै भारत गएका छन् । यस्तै भदौ ३१ गते २२७ जना, असोज १ गते २२५ जना, २ गते १८६ जना, ३ गते ३२९ जना, ४ गते २१४ जना, ५ गते २३३ जना र ६ गते २५६ जना भारत

सम्बन्धित सामग्री

निर्वाचनका बेला रोजगारीका लागि भारत जानेको लर्को

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।

खेतीपाती सकेर भारत जानेको लर्को

बर्दिया – खेतीपाती सकेर हरेक वर्ष झैँ यस वर्ष पनि नेपालबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ । गएकाे वर्ष कोरोना महामारीले गर्दा रोजगारी गर्न भारत गएकाहरू नेपाल फर्कने क्रम बढेको थियो भने भारत जाने क्रम घटेको थियो । तर यस वर्ष भने साउन तेस्रो हप्तादेखि हिजाेआज हरेक दिन नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाँकेको नेपालगञ्ज रुपेडिया, कैलालीको गौरीफन्टा र कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनवासा नाका हुँदै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रबाट भारत जाने नेपालीको लर्को ...

सीमामा रोजगारीका लागि भारत जानेको लर्को (फोटो फिचर)

कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् । कोरोना सङ्क्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले राससलाई जानकारी दिनुभयो ।

निर्वाचनका प्रतिबद्धता बोलीमै सीमित, नोकरी खोज्‍दै भारत पस्नुपर्ने बाध्यता हटेन

बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको सीमा नाका झुलाघाट भएर भारत नेपालीहरूको लर्को लाग्न थालेको छ। दशैं तथा तिहार जस्ता चाडपर्वहरूको सकिएलगत्तै रोजगारीका लागि भारत जानेको लर्को लाग्न थालेको हो। हिजोआज सीमा नाका झुलाघाटमा रोजगारीका लागि भारत पस्नेको संख्या बढ्दै गएकोसीमा प्रहरीचौकी झ...