मलामी गएका पुरुष बागमतीमा बगेर बेपत्ता

सर्लाहीको बागमतीमा मलामी आएका एक पुरुष खोलामा बगेर बेपत्ता भएका छन्। बागमती नगरपालिका–१२, स्थित बागमती घाटमा छिमेकीको मलामी आएका बागमती नगरपालिका–१, निवासी ५२ बर्षका राम बहादुर खत्री बागमती नदीमा बगेर...

सम्बन्धित सामग्री

मलामी गएका पुरुष नारायणीमा बेपत्ता

छिमेकी गाउँलेको मलाम गएका एक पुरुष नारायणी नदीमा बेपत्ता भएका छन्। कावासोती– ७ साँढ निवासी ४० वर्षीय खेमनारायण महतो नदीमा बेपत्ता भएका हुन्। कावासोती– १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा...

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि

काठमाडौं : कालिकोटमा मलामी गएका वडाअध्यक्षसहित १३ जना बेपत्ता भएका पुष्टि भएको छ। तिलागुफा ४ राँचुलीका युवक हेमराज शाहीको मलामी गएका वडाध्यक्ष परबहादुर शाही सहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। माथिबाट पहिरो झरेर १५ जनालाई बगाएको खबर स्थानीयले दिएपछि प्रहरी आज बिहान घटनास्थलमा पुगेको हो।शर्माका अनुसार बेपत्ताहरु पहिरोसँगै बगेर तिला नदीमा खसेका आशंका गरिएको छ। प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको छ। राँचुली गाउँमाथिबाट आएको पहिरोले २

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘१४–१५ […]

कालीकोटकाे राँचुली गाउँबाट मलामी गएका १५ जना बेपत्ता

काठमाण्डाै - कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो। वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

गुल्मीमा मलामी गएका वृद्ध खोलामा डुबेर बेपत्ता

गुल्मी : गुल्मीमा मलामी गएका ब्यक्ति खोलामा डुबेर वेपत्ता भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका–४ का अन्दाजी ६० वर्षीय  तुलबहादुर अधिकारी बढिगाड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । छिमेकीको मलामी गएका अधिकारी  उपल्लो भुवाचिदीस्थित वडा नम्वर ४ र ६  जोडने पुलको नजिकैको साँघुरो बाटोमा चिप्लिएर खोलामा खसेर बेपत्ता भएको स्थानीयहरुले जनाएका छन्।निजको खोजी कार्यका लागि तिव्रता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  जिल्ल

मलामी गएका एक युवक सेती नदीमा बेपत्ता

डडेल्धुरा । सेती नदीमा एक युवक वेपत्ता भएका छन् । डडेल्धुरा–डोटीको सिमाना नदी सेतीमा मलामी गएका युवक नुहाउने क्रममा बेपत्ता भएका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनको खोजी कार्य भईरहेको छ । बुधबार मलामी गएका उनी संगै नदीमा नुहाउने […] The post मलामी गएका एक युवक सेती नदीमा बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

मलामी गएका एक किशाेर कालीगण्डकीमा बेपत्ता

गुल्मी – गुल्मीको कालीगण्डकी नदीमा मलामी गएका एक किशाेर नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका ८ वर्ष १९ का शंकर पौडेल रहेका छन् ।  ती किशाेर चन्द्रकोट गाउँपालिका ७ का थानेश्वर न्यौपानेको मलामी गएको अवस्थामा आज आइतवार दिउँसाे सत्यवती गाउँपालिका १ अन्तर्गत रुद्रवेणी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।  घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहा...

गुल्मीमा मलामी गएका युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता

गुल्मी :  गुल्मीमा मलामी गएका एक युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता भएका छन्।चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।आइतवार दिउँसो रुद्धबेनीमा नुहाउने क्रममा पौडेल डुबेर बेपत्ता भएको र उनको खोजी जारी रहेको प्रहरी नायव उपरीक्षक  पुरुषोत्तम पाण्डेले जानकारी दिए।

मलामी गएका युवक खोलामा बगेर बेपत्ता

आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः ०० टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।  यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् । &n