गायिका इन्दिरा जोशी विवाह बन्धनमा

काठमाडौं : गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

सम्बन्धित सामग्री

‘टक डर्टी’ सँग मिल्दोजुल्दो रहेको ‘पछ्यौरी’ लाई आरोप

काठमाडौँ– केही समय यता गायिका इन्दिरा जोशी चर्चामा छिन् । उनले प्रेमी शरद केडियासँग विवाह गरेपछि चुलिएको चर्चा केही न केही माध्यमले भइरहेका नै छन् । विवाह बन्धनमा बाँधिए लगत्तै उनले म्युजिक भिडियो सार्वजनिक गरिन् । आफ्नै शब्द , संगीत र स्वर रहेको गीतको भिडियोमा उनी नै फिचर्ड छिन् । उनले एक कार्यक्रमको आयोजना गर्दै […]

विवाह बन्धनमा बाँधिए इन्दिरा र शरद

काठमाडौं । गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाको विवाह सम्पन्न भएको छ । चितवनको बाराही जंगल लजमा आज उनीहरूले विवाह गरेका हुन् ।  सामाजिक सञ्जालमा विवाहको तस्बिर राख्दै इन्दिराले लेखेकी छन्, "अब आधिकारिक रूपमा श्रीमान र श्रीमती ।" हिजो मेहेन्दी उत्सवको तस्विर सार्वजनिक गरेका उनीहरूबीच आज विवाह भएको हो । दुलाहा...

विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया

काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो । विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा  भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गत असोजमा जोशी र […]

आज लगनगाँठो कस्दै गायिका इन्दिरा

काठमाडौं, जेठ ३१ । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधिदैछिन् । प्रेमी शरद केडियासँग उनले आज लगनगाँठो कस्न लागेकी हुन् । प्रेमी शरदसँग विवाह गर्न लागेको जानकारी दिदै गायिका जोशीले आइतबार आफ्नो इन्स्टाग्राममा विवाहको कार्ड सार्वजनिक गरेकी थिइन् । आइतबार हल्दी कार्यक्रम सकिएपछि उनले विवाहको कार्ड सार्वजनिक गरेकी थिइन्। परिवारका केही सदस्यको उपस्थितिमा गरिने […]