पछिल्लो साता सेयर बजारका लागि तुलनात्मक रुपमा सुखद देखिएको छ । अघिल्लो सातासम्म लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक यस साता (असोज ९ गतेदेखि १३ गतेसम्म) ३८ अंकले बढ्दै १८५३.७६ बिन्दुमा उक्लिएको हो । गत साताको अन्तिम कारोबार दिन अर्थात् असोज ६ गतेसम्म नेप्से सूचक १८३८.९६ बिन्दुमा रहेको थियो । यद्यपि, नेप्से सूचक ३८ अंकमाथिले बढेपनि यससाता कारोबार रकम भने उति उत्साहपूर्ण हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ३८ अंकले बढेको बजारमा यससाता कुल २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको का