महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरियो

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।  गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित आज बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिए । 

सम्बन्धित सामग्री

दक्षिणासहित बिदाई भए डोलेश्वरबाट साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो । डोलेश्वर दर्शन गर्न आएका २२४ साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका […]

डोलेश्वरबाट बिदा भए साधुसन्त

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा आएका साधुसन्तलाई शनिबार बिदाई गरिएको छ।

बिदा भए डोलेश्वरबाट साधुसन्त

भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार बिदाई गरिएको छ। शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो।