जिल्ला प्रशासन ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बिहीबारदेखि बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल : जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण  देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरिएको प्रशासनले बताएको छ। प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलका अनुसार कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।…

जिल्ला प्रशासन कार्यालय पाल्पामा पनि अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो।  प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार आइतवारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटो सहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्र बाहेकका सबै सेवा…

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा अत्यावश्यक बाहेकका सेवा वन्द

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा  कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण

जिल्ला प्रशासन रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्यधिक भिडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधवार सूचना जारी गर्दै […]

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर– जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भइ उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा जारी सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत […]

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।कार्यालयले कोभिड संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भिडभाड भै कोभिड थप फैलिन सक्ने जनाउँदै सेवा बन्द गरिएको जनाएको छ । बन्द गरिएका सेवाहरुमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्स