गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । […]