सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

काठमाडौं । अघिल्लो दिन हजार रुपैयाँले बढेको सुन (Gold)को मूल्य बिहीवार (आज) स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, आज चाँदी (Silver)को मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १६ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १८ डलरमा बन्द भएको थियो । त्यसैगरी, आज डलरको मूल्य भने घटेको छ । आज १ अमेरिकी डलर (Dollar)को विक्री दर १३१ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रुपैयाँ ७१ पैसा कायम भएको थियो । 

सम्बन्धित सामग्री

सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।  आज अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२० डलरमा कारोबार हुँदैछ ।

सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौ । नेपाली बजारमा मंगलवार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस १ हजार ९२७ डलर पुगेको छ ।

सुनचाँदीको मूल्य घट्यो, के छ आजको बजार भाउ ?

काठमाडौं । शुक्रवार हालसम्मकै उच्च मूल्य कायम गरेको सुन आइतवार भने घटेको छ । आज सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन अर्थात शुक्रवार सुन १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।   त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासघंका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४३५ रुपैयाँ कायम भएको थियो ।

सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

काठमाडौं । स्थानीय बजारमा मंगलवार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम भएको छ । सोमवार पनि सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी १ हजार २५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  त्यसैगरी आज डलरको मूल्य भने बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ७१ पैसा थियो ।

सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

काठमाडौं । स्थानीय बजारमा सोमवार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार २०० रुपैयाँ कायम भएको छ । आइतवार पनि सुन सोही मूल्यमै कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी तोलाको १ हजार २९० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमै कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज बजार खुलेसँगै ० दशमलव ११ प्रतिशतले बढेको छ । आज (नेपाली समय अनुसार बिहान ११:४० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४४ दशमलव ५२ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४२ दशमलव ४६ डलरमा बन्द भएको थियो । त्यसैगरी आज डलरको मूल्य भने स्थिर छ । आज १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ८४ पैसा थियो ।

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रूपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले मूल्य बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ तोकिएको छ ।हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ९०० रूपैयाँ थियो ।

सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । बढेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २३० रुपैयाँ पुगेको छ । गत सोमबार सुन प्रतितोला ९१ हजार ३०० र चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै आज ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौं, २१ पुस । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ५६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ […]