रक्षामन्त्री डा. रिजालसँग भारतीय राजदूतको भेट

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार रक्षा मन्त्रालय पुगेर राजदूत क्वात्राले भेट गरेका हुन् । मन्त्री डा. रिजालले राजदूत क्वात्रासँग भेट भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । रिजाल रक्षामन्त्री बनेपछि राजदूत क्वात्राले पहिलो पटक भेट गरेका हुन् ।