काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले काँग्रेस र माओवादीले दुनियाँ ढाँटेर हिँडिरहेको टिप्पणी गरेका छन् । शुक्रबार सम्पर्क कमिटीको भेलामा बोल्दै अध्यक्ष ओलीले काँग्रेस र माओवादीको सरकाले चितवन एक घण्टामा पुग्ने व्यवस्था गरेको भनेर दुनियाँ ढाँटिरहेको आरोप लगाएका हुन् । ‘अहिले काँग्रेस माओवादीले उधुमसँग दुनियाँ ढाँटेर हिँडिरहेका छन् । हाम्रो सरकारले एक घण्टामा चितवन पुर्याउने भयो भनेर’, अध्यक्ष ओलीले भने, ‘के गरेर पुर्याउँछन् ? पिठ्युँमा बोकेर पुर्याउँछन् ? केबलकार हा