३ भदौ, जनकपुर । दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले […]