बाढीले दुई वटा विद्युतगृह बगाएपछि ताप्लेजुङको याम्फुदिनमा अन्धकार

ताप्लेजुङ - वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रवार अस्ति राति परेको वर्षासँगै आएकाे बाढीले दुई वटा विद्युतगृह बगाएपछि याम्फुदिन पूरै अन्धकार भएको हो । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अह...

सम्बन्धित सामग्री

बाढीले विद्युतगृह बगाउँदा चार सय घर अन्धकारमा

बाढीले लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि म्याग्दीको दुर्गम बस्ती लुलाङ अन्धकार बनेको छ।  जिल्लाको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँका करिब चार...

लघुजलविद्युत पुनर्निर्माणपछि लुलाङमा बल्यो बिजुली

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बाढीले बगाएको लघुजलविद्युत परियोजना पुनर्निर्माणपछि बिजुली बलेको छ । गतभदौ २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह, बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो ।गाउँपालिकाले विनियोजन गरेको १२ लाख र गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी […]

दरखोला लघुजलविद्युत् परियोजना पुन : सञ्चालनमा, उत्पादन घटेर ३५ किलोवाटमा सीमित

फागुन २, म्याग्दी । गत भदौ महीनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुन : निर्माण गरी सञ्चालन भएको छ ।  भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युतगृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।  गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रू. २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए । ‘गत पुस महीनादेखि शुरु भएको लघुजलविद्युत् परियोजना मर्मत गरेर आइतवार परीक्षण विद्युत् उत्पादन सफल भयो’, उनले भने, ‘केही दिनमै नियमित विद्युत् आपूर्ति हुन्छ ।’ परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रू. १२ लाख र धौलागिरि गाउँपालिकाले रू. दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए । परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युतगृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।   खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जानकारी दिएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।  परियोजना बन्द हुँदा घरायसी काम, विद्यार्थीको पठनपाठन, मोबाइल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसललगायतका घरेलु उद्योगलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताए ।  गाउँपालिका अध्यक्ष थमसरा पुनले परीक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताको बैठक बसेर नियमितरुपमा विद्युत् सेवा सञ्चालन गरिने बताए । ‘दुर्गम बस्ती विद्युत् सुविधाबाट वञ्चित हुँदा सास्ती भएको थियो’, उनले भने, ‘विद्युतको समस्यालाई गम्भीरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयवासीलाई अँध्यारोमै बसिरहनुपर्ने बाध्यता हटेको छ ।’ बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका मेसिन उपकरण नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरी विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ ।  विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रू. ८५ लाख ९७ हजार, गाउँपालिकाको रू. ५० लाख, रू. ३३ लाख बराबरको श्रमदान र रू. पाँच लाख तीन हजार चन्दा सहयोगमा परियोजना निर्माण भएको थियो । जुगेपानीको पहिरोले नहर र विद्युतगृहमा क्षति पुगेपछि परियोजना स्थानान्तरण गरिएको वडाध्यक्ष विकले जानकारी दिए । रासस