कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उहाँ ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको उहाँको सचिवालयले जनाएको छ । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ …