सर्वोच्चमा फुलकोर्ट बैठक : १८ न्यायाधीश एकतिर, प्रधानन्यायाधीश राणा आफ्नै कार्यकक्षमा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट (सर्वाेच्चका न्यायाधीशकाे पूर्ण बैठक) आह्वानमा सहमति जनाए पनि बैठकमा भने सहभागी नभएको खुलेको छ । सर्वोच्चमा उपलब्ध अन्य १८ न्यायाधीश बैठकमा उपस्थित रहेका बेला जबरा भने आफ्नै कार्यकक्षमा रहेको सर्वोच्च स्रोतले जानकारी दियो । फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशको सहभागिता अनिवार्य हुन्छ । तर जबराले बैठकले गरेको निर्णय आफूलाई मान्य हुने र आफूले हस्ताक्षर गरिदिने बताएको स्रोतको दाबी छ । 'म बस्दा तपाईंहरूलाई अप्ठ्यारो होला, तपाईंहरू निर्णय गरेर ल्याउनुस्, म सही गरिदिन्छु,...

सम्बन्धित सामग्री

सर्वोच्चमा फुलकोर्ट बैठक सुरु

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आह्वानमा फुलकोर्टको बैठक बसेको हो। प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउने गरी दिउँसो १ बजेतिर सर्वोच्च आएका छन्। यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको बैठक बहिस्कार गरेका आन्दोलनकारी न्यायाधीशहरु बिहीबारको बैठकमा सहभागी भएका छन्। फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने […]