पीएम कपमा आज सेमिफाइनलका खेल हुँदै : पुलिस र वाग्मती तथा एपीएफ र आर्मी खेल्ने

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान ९ बजे नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्ने छन् । पुलिस समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । वाग्मती भने समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  यस्तै, आजै दिउँसो १ बजे हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । एपीएफ समूह 'बी' को विजेता बन्दै र आर्मी समूह 'ए...